एजेन्सी । म्यानमारमा शुक्रबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।
म्यानमारको सैन्य सरकारबाट २ हजार ३०० भन्दा बढी घाइते भएको जानकारी आएको रोयटर्सले जनाएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने बताइएको छ। भुकम्पको धक्का पुगेको थाइल्याण्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ। जसमा १० जनाको मृत्यु भएको जनाईएको छ।
शुक्रबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्प २०० वर्षमा म्यानमार र थाइल्याण्डमा गएको सबैभन्दा ठूलो भूकम्प हो । भूकम्पिय विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्याण्डमा आपतकाल लगाइएको छ।
प्रतिक्रिया