१८ श्रावण २०८३, सोमबार । August 3, 2026

गोदावरी गाउँमा बाँसभित्र भविष्य खोजिरहेका शिल्पी


१५ चैत्र २०८१, शनिबार  

15
Shares

काठमाडौ । ललितपुरको गोदावरी नगरपालिका वडा नं ४ बडिखेलको कवड हलमा बाँसबाट बनाइने सामग्री सम्बधि तालिम लिन व्यस्त छन २० जना भन्दा बढी स्थानीय ।

वर्षाैदेखि बाँसका समाग्रीको काम गर्दै आएका बडिखेलका स्थानीयलाई चीनको छिनसेनबाट आएका बाँसबा साम्राग्री बनाउन सिकाउने कालिगढले नयाँ तथा आकर्षक डिजाइनका समाग्री बनाउन सिकाइरहेका छन् । चिनियाँ स्वयंसेवकले बडिखेलका स्थानीयलाई यसरी सिकाइरहेका छन् कि तालिम सुरु गरेको एक सातमै नयाँ डिजाइन बनाउन सक्ने भएका छन् ।

बडिखेलका महेश कुमार पहरीले बिगत १० वर्षदेखि बाँसको काम गर्दै आएका थिए । बाँसको कटेज बनाउनेदेखि बाँसबाट बन्ने डालो नाङलो बनाउने काम गर्दै आएको महेशलाई बाँसबाट डेकोसेनसका सामग्री बनाउन तालिम दिन चीनबाट आउँदैछन् भन्ने सुन्ने बित्तिकै तालिमको लागि उत्सुक भएको बताए । ‘बाँसको काम हाम्रो पुर्खाैली पेसा हो । तर यो पेशालाई व्यवसायीकरण गर्न सकिएको थिएन । उनले भने ‘बाँसको सामाग्रीको काम पछिल्लो समय निकै आइरहको छ र नयाँ नयाँ डिजाइनको सीप नहुदाँ बजारमा प्रतिपर्धा गर्न सकिएको थिइएन । अहिले चिनियाँ प्रविधीक हामीलाई तालिममा यसरी सिकाइरहेका छन की बाँसको साम्रागीको बनाउने तरिकामा उस्तै उस्तै भएपछि फिनिसिङ गर्न आउने थिएन तर यो तालिमले हामीलाई कसरी बाँसको साम्रागीबाट आकर्षण बनाउने भन्ने ज्ञान मिलेको छ ।’ महेशले १५ दिनको तालिमबाट सिकेको ज्ञान आफ्नो समुदायका व्यक्तिलाई सिकाउनेगरी सिकिरहेका छन् ।

यस्तै बाँसको तालिम लिन आएकी १६ वर्षकी प्रशिक्षार्थी समिना पहरी पनि छिन् । उनका बुबाले समेत बाँसको साम्रागीको काम गर्छन । तालिम लिन बाबुले सुरुमा नाम लेखाएको भएपनि आफुले भन्दा नयाँ पुस्ताले छिट्टै सिक्ने आशामा छोरीलाई तालिम लिन पठाएका हुन् । कक्षा ९ को परीक्षा सकिएकै दिन गाँउमै बाँसको तालिमलाई अवसरको रुपमा उनले लिएकी छिन् । ‘बुवाले बाँसको साम्रागी बनाउने गरेको धेरै वर्ष भयो । हामी पढाइमा व्यस्त हुदाँ सिक्ने अवसर मिलेको थिएन । तर अहिले विदेशबाट नै नयाँ तरिकाबाट बाँसको सामाग्री बनाउन सिकाउने तालिम गाँउमै पाइने भएपछि विद्यायल छुट्टी भएको समयलाई सदुपयोग गर्न र सीप सिक्ने मन लाग्यो ।’ उनी भन्छिन, ‘पहिला कहिल्यै काम नगरेकोले सुरुमा गाह्रो लागिरहेको थियो तर १५ दिनसम्म सिक्छु भन्ने आत्मविश्वास छ । तालिमबाट सिकेको सीपलाई घरमा अन्य सदस्यलाई समेत सिकाउने सक्नेगरी सिकिरहेको छु ।’

आफ्नै वडामा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको तालिमले सीप सिक्न आएको सबैको लगाव कसरी छिटो सिक्ने भन्ने नै देखिन्छ ।

पढाईसँगै सीप सिक्ने समिनाको चाहनाले तालिम दिन आएका चिनियाँ लि यिनहाई समेत दंग छन् । मिस्टर लि चीनको सिचुवान प्रान्तस्थित छिनसेन काउन्टीमा रहेको ‘छिनसेन जेवाइजु बेम्बो उड प्रोडक्स कम्पनी लिमिटेड’का मालिक हुन् । बाँसको कुशल कालिगढ समेत रहेका उनी नेपालमा मुख्य प्रशिक्षक बनेर आएका हुन् । यसअघि नेपाल कहिल्यै नआएका लिको मनभित्र छिनसेनदेखि गोदावरीसम्म आइपुग्दा स्थानीय बाँसबाट कस्तो सामाग्री उत्पादन गर्न सकिएला, नेपालीले बाँसबाट बन्ने सामाग्रीहरू बनाउन जान्लान कि नजान्लान भन्ने खुल्दुली थियो । तर, जब उनी नेपाली प्रशिक्षार्थीहरूलाई सिकाउन सुरु गरे, उनी दंग छन् । नपरुन पनि किन ? चीनमा निकै लोकप्रिय मानिने बाँसको लालटिन बनाउन नेपाली शिल्पीहरूलाई कत्ति पनि समय लागेन । दुई दिनभित्रै चिनियाँ शैलीको जस्तै लालटिन बनाउन सिकेको देखेर मिस्टर लि उत्साहित बने । उनी भन्छन्, ‘नेपालीले सीप सिक्नको लागि गरेको लगाव साँच्चै नै प्रेणणादायी छ । नेपाली मेहनती छन् । यो सानो तालिमले पनि उनीहरूलाई भोलिका दिनमा थप आत्मनिर्भर बन्न ठुलो सहयोग पुग्नेछ । अहिलेका प्रशिक्षार्थीहरू आफै मास्टर बनेर अरुलाई सिकाउनेछन् ।’

जागिरको लागि भौतारिनु भन्दा भन्दा हातमा सीप भएपछि आत्मनिर्भर हुनसकिन्छ । भनिन्छ नि– ‘हात खाली नराखे मुख खाली हुँदैन’, अर्थात हातमा सीप भएपछि भोकै बस्न पर्दैन । चिनियाँ प्रशिक्षणमा अहिले बाँसबाट बन्ने लालटिन जस्ता सामाग्रीहरू बजारमा राम्रो माग हुने विश्वास गर्छन् बडिखेलका अर्का प्रशिक्षार्थी बडिखेलका बाबुराम पहरी । त्यसैले त उनी बाँसको साम्रागी बनाउने तालिममा ध्यान दिएर काम गरिहेका छन् । उनी भन्छन्, हामीले अहिलेसम्म आफ्नै ढंगले जानेका बाँसका सामाग्री बनाउँदै आएका थियौं । तर यो प्रशिक्षणबाट हामीलाई नयाँ कला र डिजाइन थाहा पायौं । लालटिन आजकल होटल रेस्टुरेन्ट र घरहरूमा पनि झुण्डयाउन थालिएको देखिन्छ । त्यसैले हामीले बनाउने यस्ता सामाग्रीले भोलिको दिनमा बजार पनि राम्रै पाउला भन्ने आशा छ ।’

तालिममा पुरुष भन्दा महिलाको सहभागिता धेरै छ । तालिम लिएकी राधिका पहरीका ससुराले बाँसको काम गर्ने गर्छन् । राधिकाका ससुराले गरेको काममा सहयोग गर्ने काम गर्छिन । तर उनलाई पनि बाँसका नयाँ नयाँ सामाग्री बनाउने जान्ने इच्छाले तालिम केन्द्रसम्म ल्याएको छ । डोको र नाङ्लो बनाउने सहयोग गर्ने राधिकालाई अब जान्ने भएर आफै काम गर्ने इच्छा छ । चिनियाँले सिकाउने तरिका निकै सजिलो हुदाँ तालिम निकै रमाइलो भएको उनी बताउछिन् । तर भाषाको ज्ञानको कारण उनीहरूले भनेको कुरा छिटो बुझ्न अलि गाह्रो भएको बताइन् । उनी भन्छिन ‘सुरुमा सिक्ने गाह्रो भएपनि अहिले बिस्तारै हात बसिरहेको छ । सिक्दै जाँदा अब बाँसबाट धेरै साम्रागी बनाउने सक्ने आँट आएको छ । ’
तालिम हेर्न आएका स्थानीय नरबहादुर पहरी ४० वर्षदेखि बाँसको काम गर्दै आएका छन् । उनलाई तालिममा नपरे पनि भोलि अहिले तालिम लिएकाहरूबाट आफुले पनि सिक्ने बताउँछन् उनी । पहरी भछन् ‘पछिल्लो समय बाँसका साम्रागीको बिक्रि कम थियो तर अहिले त बिक्रि पनि राम्रो छ ।’ तर युवा पुस्ताले बाँसको काम नै नसिक्दा उनलाई चिन्ता लागि रहेको छ । उनी थप्छन्, ‘पढेका व्यक्तिहरू बाँसको काम गर्न छोडेका छन् । अहिले बाहिर जाने लहडको कारण बाँसको साम्रागी बनाउने व्यक्तिहरूको अभाव छ । बाँसको साम्रागी बनाउन सक्ने हो भने देशमै राम्रो गर्छ सकिन्छ ।’

सोशल डेभलपमेन्ट भिजन, ललितपुरका अध्यक्ष शिवकुमार बस्नेतले गोदावरीमा बाँसका सामग्रीबाट जीवन गुजारा गरिरहेका व्यक्तिहरूलाई तालिमले व्यवसायिक बनाउने बिश्वास व्यक्त गर्छन् । स्थानीयले बनाएका बाँसका सामाग्रीको बजार अभाव नहुने विश्वास व्यक्त गर्दै बस्नेत भन्छन्, ‘नयाँ कला र डिजाइनमा बन्ने बाँसका सामाग्रीको माग अवश्य पनि बजारमा हुनेछ । जसका कारण बाँसका शिल्पी दाजुभाइ दिदीबहिनीहरूको आयआर्जनमा टेवा पुग्नेछ ।’

बडिखेलका पहरी र नगरकोटी समुदायका व्यक्तिहरूको पुर्खौली पेशा बाँसका सामाग्री बनाउने नै हो । जसरी तालिममा उनीले रुचीका साथ सीप सिकिरहेका छन् । यो समुदायलाई अझै राम्रो तालिम दिन सक्ने हो भने बाँसको साम्रागी बनाएर आत्मनिर्भरता बनाउन सकिन्छ । तालिमका लागि सहयोग गरेको चीनको तिब्बत (सिजाङ)स्वायत्त प्रदेशमा मुख्यालय रहेको गुडविल फाउन्डेशनका अध्यक्ष मा झेजियाङ नेपालमा बाँसको निकै ठूलो सम्भावना रहेको बताउँछन् । नेपाललाई ४० वर्षदेखि चिनेका मिस्टर मा तालिमबाट उत्साहित छन् । उनी भन्छन्, ‘सुरुमा नेपाली बाँस प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता लागेको तर यहाँको बाँसबाट राम्रो सामाग्री बनाउन सकिन्छ । अब बाँसको लालटिनमा राख्ने पेपर आयात गर्नुभन्दा गुणस्तरमा अब्बल रहेको नेपाली हाते कागजलाई नै प्रयोग गर्नुपर्छ ।’

प्लास्टिकको विकल्पमा बाँसको प्रयोग हरित विकास प्रवद्र्धनको महत्वपूर्ण फड्को हो । जलवायु परिवर्तनको दुश्चक्रमा परेको नेपालमा पनि बाँसको अधिकतम प्रयोग गर्न सक्ने हो भने वातावरणलाई सुन्दर बनाउनेछ । बाँससम्बद्ध सीप र कलाले स्थानीयलाई केवल आर्थिक लाभ मात्र होइन, पर्यावरणीय र सांस्कृतिक धरोहरको संरक्षणमा पनि ठूलो योगदान पु–याउँछ ।

मिस्टर मा भन्छन्, ‘वास्तवमै बाँसमा आधारित हरित यात्राले जसरी सिचुवान प्रान्तको छिनसेन काउन्टीको भविष्य बदलेको छ, त्यसैगरी गोदावरीको पनि भविष्य बदल्न सक्छ ।’

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ९ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर