२ माघ २०८२, बिहिबार । January 15, 2026

आईपीएलः बेंगलुरुको लगातार दोस्रो जित, चेन्नई ५० रनले पराजित



एजेन्सी । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्सलाई ५० रनले पराजित गरेको हो । बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो । रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए । एमएस धोनी ३० रनमा अविजित रहे भने रविन्द्र जडेजाले २५ रन बनाए ।

बेंगलुरुका लागि जोश हेजलवूडले ३ विकेट लिँदा यश दयाल र लियाम लिभिङस्टोनले २(२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए । दोस्रो ओभरमै ८ रन जोड्दा २ विकेट गुमाएपछि चेन्नई सुरुवातदेखि नै दबाबमा आएको थियो । त्यसपछि रचिनले सम्हालिने प्रयास गरेपनि अन्यबाट साथ पाउन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले कप्तान रजत पाटिदारको अर्धशतक तथा टिम डेभिडको फिनिसिङ मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

यस जितसँगै २ खेलमा ४ अंकसहित चेन्नई अंकतालिकामा शीर्षस्थानमा उक्लिएको छ भने चेन्नई २ खेलमा २ अंकसहित सातौं स्थानमा झरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले