३१ बैशाख २०८३, बिहिबार । May 14, 2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त


१५ चैत्र २०८१, शनिबार  

18
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियन प्रशिक्षक ल लाई दुई वर्षका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो । त्यसबाट ल लाई नियुक्त गरेको हो । उनको पदावधी अप्रिलदेखि दुई वर्षको लागि हुनेछ ।

५६ वर्षीय ल अनुभवी प्रशिक्षक हुन् । उनले श्रीलंका, बंगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन् । उनी सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा त्यसको सदस्य थिए ल ले अष्ट्रेलियाका लागि ५४ ओडिआई म्याच खेलेका छन् । यस्तै उनले एक टेष्ट म्याच समेत खेलेका थिए ।

फस्ट क्लास मा ल ले २७ हजार भन्दा बढी रन बनाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ८ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली