२३ माघ २०८२, बिहिबार । February 5, 2026

पीएम कप क्रिकेटः फाइनल भिडन्त आज, आर्मी र पुलिस भिड्दै



काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुँदै छ।

रुपन्देहीको भैरहवामा हिजो आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरू उपाधि प्रतिस्पर्धाका लागि पूर्ण रूपमा तयार रहेको बताएका थिए । सन् २०१७ देखि सुरु भएको प्रधानमन्त्री कपमा पुलिसले दुई र आर्मीले एक पटक उपाधि हात पारेको छ।

गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो। प्रधानमन्त्री कपमा खेलेका नौ खेलमध्ये दुवै टिमले समान आठ खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेका थिए।

लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय मैदानमा खेल सम्पन्न भएका थिए। खेल आज विहान ९ बजे सिद्धार्थनगरमा सुरु हुनेछ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल