२ माघ २०८२, बिहिबार । January 15, 2026

पीएम कप क्रिकेटः फाइनल भिडन्त आज, आर्मी र पुलिस भिड्दै



काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुँदै छ।

रुपन्देहीको भैरहवामा हिजो आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरू उपाधि प्रतिस्पर्धाका लागि पूर्ण रूपमा तयार रहेको बताएका थिए । सन् २०१७ देखि सुरु भएको प्रधानमन्त्री कपमा पुलिसले दुई र आर्मीले एक पटक उपाधि हात पारेको छ।

गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो। प्रधानमन्त्री कपमा खेलेका नौ खेलमध्ये दुवै टिमले समान आठ खेलमा जित हात पार्दै फाइनलमा स्थान पक्का गरेका थिए।

लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय मैदानमा खेल सम्पन्न भएका थिए। खेल आज विहान ९ बजे सिद्धार्थनगरमा सुरु हुनेछ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले