काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) महिला एसियन कप–२०२६ छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ ।
मलेसियामा बिहीबार भएको ड्रमा नेपाल, आयोजक उज्वेकिस्तानसँगै समूह’एफ’मा परेको हो । उक्त समूहमा लाओस र श्रीलंका पनि छन् । ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो । आगामी जुन महिनामा समूह ‘एफ’को छनोट खेल उज्बेकिस्तानमा हुनेछ । नेपालले आफ्नो समूहमा शीर्षस्थान हात पार्न सके पहिलो पटक एसियन कप खेल्नेछ ।
एएफसी महिला एसियन छनोटमा विभिन्न ३४ देशलाई आठ समूहमा विभाजन गरिएको छ । जसमा हरेक समूहको विजेताले अष्ट्रेलियामा हुने एसियन कप खेल्नेछन् ।
एसियन कप सन् २०२६ मार्चमा अस्ट्रेलियामा हुँदैछ ।
प्रतिक्रिया