६ आश्विन २०८३, मंगलबार । September 22, 2026

दक्षिण कोरियामा डढेलोः २६ भन्दा बढीको मृत्यु, ३ सय बढी संरचना ध्वस्त


१३ चैत्र २०८१, बिहिबार  

33
Shares

एजेन्सी । दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा केही दिनयता लागेको डढेलोका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ ।

यस्तै ३ सय भन्दा बढी संरचनाहरु ध्वस्त भएको बताइएको छ । डढेलोका कारण २७ हजार भन्दा धेरै मानिसहरु विस्थापित हुन बाध्य भएको बताइएको छ । आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक दक्षिणपूर्वी उइसेङ जङ्गलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

कोरिया वन सेवाले उद्धार कार्य जारी रहेको र विमानमा एक पाइलट मात्र थिए भन्ने अनुमान गरेको छ । एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारी साधनहरू लगायत संरचनाहरू नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको र १९ जना घाइते भएको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।

टेलिभिजन सम्बोधनमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले गत शुक्रबार सुरु भएको डढेलोले विगतका अन्य धेरै डढेलोको तुलनामा बढी क्षति पुर्याएको बताए । हानले रातभरको तीव्र हावाले क्षेत्रहरूमा डढेलो निभाउन कर्मचारीहरूले कठिनाई भोगिरहेको बताए । उनले करिब चार हजार छ सय ५० अग्नि नियन्त्रक, सैनिक र अन्य कर्मचारीहरूले करिब एक सय ३० हेलिकप्टरको सहयोगमा डढेलो निभाउन काम गरिरहेको बताए ।

उनले बिहीबार केही मात्रामा ५–१० मिलिमिटर पानी पर्ने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा