एजेन्सी । चीनको तिब्बत क्षेत्रमा बुधबार साँझ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाली समय साँझ ६ः२७ बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो। नेपालको उत्तरपूर्वी सीमानजिकै सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो।
तिब्बतमा भूकम्प जाँदा पूर्वी नेपालसँगै मध्यमा काठमाडौंमा पनि धक्का महसुस भएको छ।
प्रतिक्रिया