१ माघ २०८२, बुधबार । January 15, 2026

सामाजिक सञ्जाल दर्ता नगरे ३० दिनमा बन्द

हालसम्म भाइबर, टिकटक र सारांश मात्रै दर्ता



काठमाडौं। सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्ने सबै व्यक्ति, कम्पनी वा संस्थालाई एक महिनाभित्र सरकारी निकायमा दर्ता गराउन सूचनाको प्रकाशन गरेको छ।

यदि तोकिएको समयसम्म दर्ता नगर्ने सामाजिक सञ्जाल प्लेटफर्मलाई रोक लगाइने चेतावनी दिइएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नका लागि निर्देशिका, २०८० लागू गरेको छ। यसअनुसार, दर्ता गर्न इच्छुक संस्थाले तोकिएको ढाँचामा निवेदन सहित सम्बन्धित कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

दर्ता गर्नुपर्ने व्यक्ति, कम्पनी वा संस्थाले नेपालमा सम्पर्क विन्दु, गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ। हालसम्म भाइबर, टिकटक र सारांश मिडिया ल्याब प्रा.लि. (वीटक) ले दर्ता गरिसकेका छन्, अन्य प्लेटफर्मलाई ३० दिनको समय दिइएको छ। निर्धारित समयसम्म दर्ता नगर्ने प्लेटफर्महरूलाई रोक लगाइनेछ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ११ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले