१ माघ २०८२, बुधबार । January 15, 2026

विपक्षी दलहरूले कुलमान बर्खास्ती विरोधमा सदनबाट प्रतिवाद गर्ने



काठमाडौं। विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा प्रतिनिधिसभामा सशक्त विरोध जनाउने निर्णय गरेका छन्।

बुधबार सिंहदरबारमा भएको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, र नेसपाका संयुक्त बैठकमा घिसिङलाई बर्खास्त गर्ने निर्णयलाई बिचौलियाको संरक्षणको रूपमा देखिएको र यसका विरोधमा आवाज उठाइएको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, “हाम्रो बैठकको मुख्य केन्द्र सरकारको कार्यशैलीमा रहेको छ। कुनै ठोस कारण बिना घिसिङलाई हटाइएको छ, यो सर्वसत्तावाद हो।” यस निर्णयको विरोधमा प्रतिनिधिसभामा आवाज उठाउने योजना बनाइएको उनले बताएका छन्।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताहरू, जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका प्रमुख नेताहरू सहभागी थिए।

संविधान र गणतन्त्रको पक्षधर दलहरूको बैठक भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यस बैठकमा समावेश गरिएको थिएन।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले