१४ चैत्र २०८२, शनिबार । March 28, 2026

विपक्षी दलहरूले कुलमान बर्खास्ती विरोधमा सदनबाट प्रतिवाद गर्ने


१२ चैत्र २०८१, बुधबार  

39
Shares

काठमाडौं। विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा प्रतिनिधिसभामा सशक्त विरोध जनाउने निर्णय गरेका छन्।

बुधबार सिंहदरबारमा भएको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, र नेसपाका संयुक्त बैठकमा घिसिङलाई बर्खास्त गर्ने निर्णयलाई बिचौलियाको संरक्षणको रूपमा देखिएको र यसका विरोधमा आवाज उठाइएको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, “हाम्रो बैठकको मुख्य केन्द्र सरकारको कार्यशैलीमा रहेको छ। कुनै ठोस कारण बिना घिसिङलाई हटाइएको छ, यो सर्वसत्तावाद हो।” यस निर्णयको विरोधमा प्रतिनिधिसभामा आवाज उठाउने योजना बनाइएको उनले बताएका छन्।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताहरू, जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका प्रमुख नेताहरू सहभागी थिए।

संविधान र गणतन्त्रको पक्षधर दलहरूको बैठक भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यस बैठकमा समावेश गरिएको थिएन।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ११ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र