३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

कुलमान बर्खास्तीको निर्णयमा शेखर कोइरालाको आपत्ति


११ चैत्र २०८१, मंगलबार  

42
Shares

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ।

सत्तारुढ दल नेपाल कांग्रेसका नेताहरू विशेष गरी गगन थापा, विश्वप्रकाश शर्मा, र डा. शेखर कोइरालाले यस निर्णयको विरोध जनाएका छन्। सोमबार मन्त्रिपरिषद्ले कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको थियो। कांग्रेसका नेताहरूले सरकारको यो कदमलाई कुशासनको निरन्तरता र गलत निर्णय भन्दै आलोचना गरेका छन्।

डा. शेखर कोइरालाले भने, “कुलमान घिसिङलाई हटाउने निर्णयको सरकारले पुष्टि गर्न सक्दैन, यसमा हाम्रो कुनै स्वामित्व पनि छैन।” उनले थपे, “यसरी कति दिन चल्ने र चलाउने? विनाशकाले विपरीत बुद्धि अपनाएको छ।” कांग्रेसका नेताहरूले यो निर्णयलाई चर्को आलोचनासँगै असंवैधानिक र अन्यायपूर्ण ठानिरहेका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ८ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि