२८ मंसिर २०८२, शनिबार । December 13, 2025

महायज्ञको नाममा दलित परिवारको घर तोड्नेलाई कडा कारबाही गर्ने पूर्वप्रधानमन्त्री खनालको माग



काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता र पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिराहाको औरही गाउँपालिका–५ मा दीपक मलिक (डोम) को घर तोड्ने घटनाको कडा भत्र्सना गरेका छन्।

उनले आइतबार जारी गरेको विज्ञप्तिमा सो घटनामा संलग्न सबैलाई कडा कारबाहीको माग गरेका छन्। खनालले मलिकको परिवार ३० वर्षदेखि उक्त स्थानमा बसोबास गर्दै आएको र ५ वर्षअघि ‘जनता आवास कार्यक्रम’अन्तर्गत घर बनाएको जानकारी दिएका छन्। उनले भनिएका छन् हिन्दूवादी बजरङ्गी बाबाको निर्देशनमा मलिकको घरलाई डोजर लगाएर ध्वस्त पारिएको र घरको स्थानबाट माटो समेत खनेर फ्याँकिएको छ।

खनालले नेपाललाई बहुधार्मिक मुलुकको रूपमा समानता र सम्मानको आवश्यकता औंल्याए। उनले दलित समुदायको अधिकारको रक्षा गर्दै, सिराहामा भएको दलित परिवारविरुद्धको अमानवीय कार्यको भत्र्सना गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  १ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले