१ माघ २०८२, बुधबार । January 14, 2026

राजावादीसँग डरायो एमाले, अब राजावादी विरुद्ध सडकमा: कहाँ र कहिले हुनेछ प्रदर्शन ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशमा भइरहेको प्रतिगामी गतिविधिहरूका विरुद्ध जनतालाई सचेत पार्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यले एक विस्तृत जनसचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

यस अभियानको प्रमुख उद्देश्य भनेको राजावादी समूहका गतिविधिहरूलाई काउन्टर गर्ने र लोकतन्त्रको रक्षा गर्नु हो। एमालेले चैत ११ गते एकै समयमा देशभरका सबै वडामा जनसचेतना कार्यक्रमको थालनी गर्ने घोषणा गरेको छ।

तीन महिनाको वडाकेन्द्रित अभियानको क्रममा, चैत ११ देखि ३० गतेसम्म विभिन्न स्थानहरूमा जनपरिचालन र जनसचेतना कार्यक्रम आयोजना गरिनेछ। चैत १८ गते विशेष मोटरसाइकल र्‍यालीहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा आयोजना हुनेछन्।

यसका अतिरिक्त, चैत २४ देखि ३० गतेसम्म विशेष प्रदर्शन र जनसभाहरू विभिन्न प्रदेशका प्रमुख शहरहरूमा हुनेछन्। कार्यक्रमहरूमा पार्टीका केन्द्रीय नेताहरू पनि भाग लिनेछन्। महासचिव शङ्कर पोखरेलले प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई निर्देशन दिँदै, कार्यक्रमहरूलाई प्रभावकारी ढंगले लागू गर्नका लागि सबैलाई सचेत गराएका छन्।

नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धतासाथ, एमालेले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका विकास र परिवर्तनहरूको तथ्यसमेत साझा गर्दै जनसचेतना अभियानलाई प्रभावकारी बनाउनका लागि सबै तहका कार्यकर्ताहरूलाई सचेत गराउने छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले