१५ फाल्गुन २०८२, शुक्रबार । February 28, 2026

३० दिनभित्र दर्ता नगरे फेसबुक-इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा रोक

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले 'सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा' सूचना जारी गर्दै यस्तो अल्टिमेटम



काठमाडौं । सरकारले अबको ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्स जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण नगरेमा नेपालमा सञ्चालनमा रोक लगाउने चेतावनी दिएको छ।

बिहीबार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धमा’ सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो। हालसम्म भाइबर, टिकटक र विटोकमात्र सूचीकरण भई सञ्चालनमा छन्। मन्त्रालयले भनेको छ कि अन्य सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले अबको ३० दिनभित्र सूचीकरण गराउनुपर्नेछ।

सूचीकरणका लागि प्लेटफर्महरूले नेपालमा सम्पर्क विन्दु, गुनासो सुन्ने अधिकारी, र स्वः नियमनको निगरानी गर्ने अधिकारीको व्यवस्था पनि गर्नुपर्नेछ। सूचनामा मन्त्रालयले स्पष्ट पारेको छ कि तोकिएको समयभित्र सूचीकरण नगरेमा दफा ३ को उपदफा (७) अनुसार सामाजिक सञ्जाल प्लेटफर्ममाथि नेपालभित्र रोक लगाउन सकिनेछ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ९ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष