१९ फाल्गुन २०८२, मंगलबार । March 3, 2026

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव


३ चैत्र २०८१, सोमबार  

24
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पुरा भएको घोषणा गरेको छ।

आगामी ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेका छन्, भने केही स्थानमा अझै पुग्ने क्रममा रहेको बोर्डले जानकारी दिएको छ। पछिल्लो तथ्यांक अनुसार परीक्षामा सम्लग्न हुने विद्यार्थीको संख्या ५ लाख ८ हजार ३ सय ९० छ। यसको लागि ५ लाख २२ हजार विद्यार्थीले फारम भरेका थिए।

बोर्डका अनुसार २ हजार ७९ परीक्षा केन्द्र तोकिएका छन्। यस सन्दर्भमा, रेडियन्ट रिडर्स एकेडेमी, सानेपा ललितपुरका संस्थापक प्रिन्सिपल डीके ढुङ्गानाले विद्यार्थीहरूको आत्मविश्वास बढाउनका लागि विभिन्न महत्वपूर्ण सुझाव दिएका छन्।

विद्यार्थीहरूका लागि सुझावः

१.आवश्यक सामग्री अनिवार्य रूपमा लैजानुहोस्
प्रवेशपत्र, पेन, पेन्सिल, स्केल, कटर, इरेजर, स्टेपलर आदि, परीक्षा दिन जाँदा आवश्यक सामग्री व्यवस्थित रूपमा साथमा राख्नुहोस्।

२.सफा र मिलेको पोशाक लगाउनुहोस्
सफा, मिलेको, र निर्धारित पोशाक लगाएर व्यवस्थित रूपमा परीक्षा हलमा प्रवेश गर्नुहोस्।

३.स्वास्थ्य समस्याबारे जानकारी गराउनुहोस्
यदि परीक्षा सुरू हुनु अघि वा परीक्षाका समयमा कुनै असजिलो महसुस भएमा तुरुन्तै सुपरिवेक्षकलाई जानकारी दिनुहोस्।

४.परीक्षा हलमा अनुशासन कायम राख्नुहोस्
परीक्षा हलमा शान्त र अनुशासित भएर बस्नुहोस्, सुपरिवेक्षकहरूलाई तपाईंप्रति सकारात्मक र सहयोगी बन्न सहजता प्रदान गर्नेछ।

५.शिष्टतापूर्वक व्यवहार गर्नुहोस्
परीक्षामा खटिएका शिक्षक, सुपरिवेक्षक, र कर्मचारीहरूसँग शिष्टता देखाउँदै आदरभावपूर्वक कुरा गर्नुहोस्।

६.प्रश्नहरूको समाधान सरलदेखि जटिलतर्फ गर्नुहोस्
पहिलो चरणमा सजिला प्रश्नहरू हल गरेर आत्मविश्वास बढाउनुहोस्, त्यसपछि क्रमशः जटिल प्रश्नहरू हल गर्दै जानुहोस्।

७.समयको उचित व्यवस्थापन गर्नुहोस्
प्रत्येक प्रश्नका लागि समय विभाजन गरेर उत्तर लेख्ने प्रयास गर्नुहोस् ताकि सबै प्रश्नहरू हल गर्न सकियोस्।

८.उत्तर स्पष्ट र सफा लेख्नुहोस्
लेखाइ सफा, बुझ्ने गरी र प्रश्नपत्रको क्रम र उपक्रमलाई प्रष्ट लेखी उत्तर दिनुहोस्। ताकि तपाईँले सबै प्रश्नहरू हल गर्नुभयो भन्ने प्रष्ट होस्।

९.परीक्षा हलको नियमहरूको पालना गर्नुहोस्
कुनै पनि प्रकारको अनियमित क्रियाकलाप नगर्नुहोस् र परीक्षा बोर्डका नियमहरू पूर्ण रूपमा पालना गर्नुहोस्। परीक्षा हलमा तोकिएका नियमहरू पालन गर्नु विद्यार्थीको कर्तव्य हो।

१०.आत्मविश्वास र सकारात्मक सोच राख्नुहोस्
परीक्षा दिनु अघि तनाव नलिई सकारात्मक सोच राख्नुहोस् र आत्मविश्वासपूर्वक उत्तर लेख्नुहोस्।

अभिभावकहरूका लागि सुझावः
११.विद्यार्थीलाई मानसिक रूपमा तयार गरिदिनुहोस्
परीक्षा कुनै डर वा तनावको विषय नभई अवसर हो भन्ने सकारात्मक सोच विद्यार्थीमा विकास गरिदिनुहोस्।

१२.स्वास्थ्य, खानपान र सामग्रीमा ध्यान दिनुहोस्
विद्यार्थीले स्वस्थ खाना खान, आराम गर्न, र परीक्षा दिन ऊर्जा प्राप्त गर्न सकून् भन्ने सुनिश्चित गर्नुहोस्। साथै परीक्षामा लानुपर्ने सामग्रीहरूको यकिन गरिदिनुस् ताकि उनीहरू सुनिश्चित भएर परीक्षाकेन्द्रमा जान सकुन्।

विद्यालयका लागि सुझावः

१३.विद्यार्थीलाई सही निर्देशन दिनुहोस्
परीक्षा हलमा हुने नियम, समय व्यवस्थापन, लेखन शैली, र अनुशासनबारे परीक्षाअघि स्पष्ट निर्देशन दिनुहोस्।

१४.विद्यार्थीको मनोबल बढाउनुहोस्
सकारात्मक प्रेरणादायी सन्देशहरू दिई विद्यार्थीलाई आत्मविश्वासी बनाउने वातावरण तयार गर्नुहोस्।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १२ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по