२८ कार्तिक २०८२, बिहिबार । November 14, 2025

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक



काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ ।

कीर्तिपुरमा आज आयोजित कार्यक्रममा कठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसी, बरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले संयुक्त रूपमा कविता तथा गजलसङ्ग्रह सार्वजनिक गरेका थिए ।

कार्यक्रममा सांसद केसीले कवि तथा गजलकार सुदिम्न दाहालले साहित्यमार्फत समाजमा जागरण ल्याउन गरेको प्रयत्न प्रशंसनीय भएको बताए । ‘सुदिम्नको परिवारसँग आफू चिरपरिचित रहेको र लोकतान्त्रिक आन्दोलनमा उहाँ र उहाँका परिवारले निरन्तर सहभागिता जनाउने गरेको बताउँदै सांसद केसीले भने, ‘साहित्यमार्फत लोकतान्त्रिक मूल्यमान्यतालाई अझ परिस्कृत गर्न मद्दत पुग्ने बताए ।’

कीर्तिपुर क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने सर्जकहरूलाई आफ्नो तर्फबटा सक्दो सहयोग गर्ने प्रतिबद्धता सांसद केसीले व्यक्त गरे । वरिष्ठ सहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बरालले कवि तथा गजलकार सुदिम्नले समाजमा व्याप्त विकृतिका बारेमा कविता तथा गजलमा चिन्ता व्यक्त गर्दै अध्यात्मवादी र मानवतावादी रचनाहरू सिर्जना गरेको बताए ।

‘मायाप्रेमका विषयवस्तुदेखि लिएर राजनीतिक गैरजिम्मेवारीपनसम्मका चिन्तन सुदिम्नका रचनामा पढ्न पाइने उल्लेख गर्दै प्रा।डा। बरालले भने, ‘देशमा व्याप्त असमनताप्रति उनले आक्रोश प्रकट गरेका छन् ।’ ‘सुदिम्नका गजलहरूमा आक्षरिक लयको प्रयोग भएको पाइन्छ भने कविताहरूमा गद्यलयको प्रयोग पाइन्छ प्रा.डा. बरालले भने, ‘उनले आफ्ना रचनाहरूमा प्रयोग गरेको भाषा भने सरल छ ।

सरलताभित्र नै सहज ढङ्गले गहन विषयवस्तु प्रस्तुत गर्नु नै उनको विशेषता बनेको छ ।’ एपीएफ स्कुल कीर्तिपुरका शिक्षक आचार्य केदारप्रसाद भण्डारीले यस सङ्ग्रहमा सङ्ग्रहीत गजलहरूमा संरचनात्मक परिपक्वता रहेको र गजलका आधरभूत मान्यताहरूलाई इमान्दार भएर परिपालन गरिएको बताए । नेपाली गजल साहित्यको आसलाग्दा गजलकारका रूपमा सुदिम्न स्थापित हुन सक्ने प्रतिभा रहेको भण्डारीले बताए ।

उपप्राध्यापक दिपक ढकालले जीव विज्ञानका विद्यार्थी सुदिम्नको साहित्यप्रतिको रुची लोभलाग्दो भएको बताए । उनले मानवीय संवेदनलाई साहित्यमार्फत व्यक्त गर्नु आफैँमा प्रसंशनीय कार्य भएको बताए । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुवँरले कवि तथा गजलकार सुदिम्न प्रतिभाशाली साहित्यकारका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । कवि तथा गजलकार सुदिम्न दाहालले गजलकारहरूको सामीप्यले गजल लेखनतिर झुकेको कलम अझै सशक्त हुन प्रयासरत रहेको बताए ।

मुलतः सामाजिक, राजनीतिक विषयवस्तु र मायाप्रेम अनि अध्यात्मवादी साथै मानवतावादी चिन्तन नै आफ्नो रुची भएको सुदिम्न बताउँछन् । समाजलाई जस्ताको तस्तै साहित्यमा उतार्नुपर्छ भन्ने चेतबाट आफ्ना रचनाहरू प्रेरित रहेको बताउँदै उनले भने, ‘भुइँमान्छेको आवाज कलमले बोल्नुपर्छ र मेरो कलमले सधैँ बोल्नेछ ।’ ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रहमा २५ कविता र ३१ गजल गरी ५६ वटा रचना समावेश गरिएका छन् ।

देवकी घिमिरे दाहाल प्रकाशक रहेको साहित्य शैलीको मूल्य १५० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई