३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी



बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्यान्डको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शिक्षा जीवनको सुरुवात भैरहवाका श्री ५ इन्द्रराज लक्ष्मी माध्यमिक विद्यालय र लिलाराम न्यौपाने माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका अर्यालले पोखराबाट वन विज्ञानमा स्नातक र जर्मनीबाट स्नातकोत्तर अध्ययन पूरा गरे। त्यसपछि, उनले न्यूजील्यान्डको म्यास्सी विश्वविद्यालयबाट पीएचडी पनि पूरा गरेका छन् ।

डाक्टर अर्याल केही वर्षदेखि न्यूजील्यान्डमा बसोबास गर्दै आएका छन् र एनआरएनए अभियानमा सक्रिय छन्। उनले नेपाली समुदायको हकहित, प्रवासी नेपालीहरूको एकता र समृद्धि सँगै नेतृत्व प्रदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए।

उनको उम्मेदवारीले आगामी एनआरएनए न्यूजील्यान्ड चुनावमा नयाँ दिशा र सम्भावनाहरू ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशव्यापी प्रदर्शनमा

काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के

रुस-युक्रेन युद्धः ट्रम्प-पुटिन भेट बिना प्रगति नहुने कूटनीतिज्ञको दाबी

एजेन्सी । टर्कीको इस्तानबुलमा तय गरिएको युक्रेन-रुस शान्ति वार्तालाई लिएर

‘ऊनको स्वीटर’ ले बक्स अफिस ततायो, पहिलो सातामै ५ करोड ७५ लाखको व्यापार

काठमाडौं । नवीन चौहान निर्देशित नेपाली फिल्म ऊनको स्वीटर ले

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

रुपन्देही । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, बसन्तपुरमा बिहानको मर्निङ वाकमा निस्किएका

अस्पतालमै बमको बर्षाः गाजामा एकै रात १ सय १४ मारिए

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गएरातिदेखि तीव्र हवाई आक्रमण सुरु