१ माघ २०८२, बुधबार । January 14, 2026

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी



बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्यान्डको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शिक्षा जीवनको सुरुवात भैरहवाका श्री ५ इन्द्रराज लक्ष्मी माध्यमिक विद्यालय र लिलाराम न्यौपाने माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका अर्यालले पोखराबाट वन विज्ञानमा स्नातक र जर्मनीबाट स्नातकोत्तर अध्ययन पूरा गरे। त्यसपछि, उनले न्यूजील्यान्डको म्यास्सी विश्वविद्यालयबाट पीएचडी पनि पूरा गरेका छन् ।

डाक्टर अर्याल केही वर्षदेखि न्यूजील्यान्डमा बसोबास गर्दै आएका छन् र एनआरएनए अभियानमा सक्रिय छन्। उनले नेपाली समुदायको हकहित, प्रवासी नेपालीहरूको एकता र समृद्धि सँगै नेतृत्व प्रदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए।

उनको उम्मेदवारीले आगामी एनआरएनए न्यूजील्यान्ड चुनावमा नयाँ दिशा र सम्भावनाहरू ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले