२२ माघ २०८२, बुधबार । February 4, 2026

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी



बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्यान्डको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

शिक्षा जीवनको सुरुवात भैरहवाका श्री ५ इन्द्रराज लक्ष्मी माध्यमिक विद्यालय र लिलाराम न्यौपाने माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका अर्यालले पोखराबाट वन विज्ञानमा स्नातक र जर्मनीबाट स्नातकोत्तर अध्ययन पूरा गरे। त्यसपछि, उनले न्यूजील्यान्डको म्यास्सी विश्वविद्यालयबाट पीएचडी पनि पूरा गरेका छन् ।

डाक्टर अर्याल केही वर्षदेखि न्यूजील्यान्डमा बसोबास गर्दै आएका छन् र एनआरएनए अभियानमा सक्रिय छन्। उनले नेपाली समुदायको हकहित, प्रवासी नेपालीहरूको एकता र समृद्धि सँगै नेतृत्व प्रदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताए।

उनको उम्मेदवारीले आगामी एनआरएनए न्यूजील्यान्ड चुनावमा नयाँ दिशा र सम्भावनाहरू ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल