५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता



सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

मुर्गिया फुटबल क्लबको आयोजनामा भएको फाइनल खेलमा कपिलवस्तु ११ ले अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले हराउँदै विजेता बन्न सफल भएको हो। खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्, तर दोस्रो हाफको १० मिनेटमा कपिलवस्तु ११ का मोहम्मदले गोल गर्दै टिमलाई विजय दिलाए।

प्रतियोगितामा कुल १० टिमको सहभागिता थियो, र विजेताले ७ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। दोस्रो स्थानमा रहेका अभिषेक चर्च रजहर नवलपुरले ४ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरे।

समापन समारोहमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्लबको योगदानको प्रशंसा गर्दै गौतमबुद्ध स्टेडियम निर्माणमा पूर्ण सहयोग गर्ने वचन दिएका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १० : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दाङमा भारतीय पर्यटक बोकेको बस दुर्घटनाः २१ जना घाइते

दाङ । भारतको लखनउबाट पर्यटकीय भ्रमणका लागि पोखरा जाँदै गरेको

सुनको चमकमा हल्का ओझ-आजको बजार मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा घटेको छ।

सुन कमजोर, चाँदी बलियो !

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट

गभर्नरमा डा.गुणाकर भट्ट ! चुनौतीपूर्ण अर्थतन्त्रमा विश्वासिलो हात

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि सत्तारूढ गठबन्धन

चीनको चेतावनी: “अर्थहीन करले व्यापार युद्ध मात्र बढाउँछ”

एजेन्सी । चीनले अमेरिकाद्वारा गरिएको कर वृद्धिको कडा आलोचना गरेको