१ माघ २०८२, बुधबार । January 14, 2026

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनतालाई सडकमा उतारेर खबरदारी गर्ने चेतावनी दिएका छन्।

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले अहिलेको सत्ता गठबन्धनको भ्रष्टाचार र विचौलियाको पक्षमा भइरहेको गतिविधिबारे असन्तुष्टि र निराशा उत्पन्न भएको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि माओवादी पार्टी सबै परिवर्तनकारी शक्तिसँग मिलेर संघर्ष गर्न तयार रहेको स्पष्ट गरे।

प्रचण्डले जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले माओवादी पार्टी दृढ प्रतिबद्धतासाथ अघि बढ्ने र कुनै पनि प्रतिगामी षड्यन्त्रलाई परास्त गर्ने बताएका छन्।

अध्यक्ष प्रचण्डले जातीय र क्षेत्रीय मोर्चाहरुको ऐतिहासिक भूमिकासँगै माओवादी पार्टीको समाजवादी क्रान्तिको सिद्धान्तमा बल पुर्‍याउने बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले