४ असार २०८३, बिहिबार । June 19, 2026

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा


२६ फाल्गुन २०८१, सोमबार  

84
Shares

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि चार सूत्रीय माग अघि सार्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्काउट प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईमाथि पदको दुरुपयोग गरेको लगायतका विभिन्न मागसहित आन्दोलनको कार्याक्रम तय गरिएको हो । जसअनुसार शुद्धिकरण अभियानले स्काउटको केन्द्रिय कार्यालयमा मंगलबार १ घण्टा शान्तिपूर्वक धर्ना दिने कार्यतालिका रहेको छ ।

यदि यसलाई नजरअन्दाज गरेमा चैत्र १ गतेदेखि रिले अनशनसहितको धर्ना कार्यक्रम गर्ने र आन्दोलनलाई थप शसक्क्त बनाउँदै लैजाने अभियानका संयोजक देवदुत अधिकारीले चेतावनी दिएका छन् । यो अभियान कसैको स्वार्थमा नभई स्काउटलाई पारदर्शी, अनुशासित र जवाफदेही संस्थाका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले सञ्चालन गरिएको संयोजक अधिकारीको भनाई छ ।

निर्देशक भट्टराईले आफ्नो पदीय अधिकारको दुरुपयोग गरी चरम आर्थिक अनियमितता तथा नियम विपरीतका विभिन्न एकल निर्णयहरुसमेत गरेको विषयमा छानबिन गर्न माग गर्दै बारम्बार खेलकुदमन्त्री समक्ष आफ्ना कुरा राख्दा समेत व्यवास्ता गरेकाले आन्दोलनको बाटो रोज्नु परेको संयोजक अधिकारीका बताएका छन् ।

यस्ता छन् मागहरू
१. नेपाल स्काउटभित्र भएका अनियमितताको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र समिति गठन गरिनु पर्ने।
२. स्काउटको कर्मचारी प्रशासन नियमावली २०८१ को पुनरावलोकन गरी कर्मचारी हितलाई संरक्षण गरिनु पर्ने।
३.नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि लागेको आरोपको निष्पक्ष छानबिन गरिनु पर्ने र प्रक्रिया नसकिएसम्म उनलाई निलम्बन गर्नुपर्ने।
४.नेपाल स्काउटको वित्तीय तथा प्रशासनिक प्रक्रिया पारदर्शी बनाइ संस्थालाई स्वच्छ, जवाफदेही र लोकतान्त्रिक रूपमा सञ्चालन गरिनु पर्ने।

यसबाहेक विश्व स्काउट सम्मेलन इजिप्टमा सहभागी हुँदा गरेको खर्चको विवरण यथार्थ नभएको आवश्यक संख्याभन्दा बढि सामग्री खरिद गरेको भनी बिल मात्र पेश गरी भुक्तानी लिएको आरोपसमेत भटराईमाथि छ ।

त्यसैगरी निर्देशकले सवारी साधन सुविधाअन्तर्गत ड्राईभर, मोबिल र ईन्धन सुविधा नेपाल स्काउटको विद्यमान ऐन कानून विपरित लिएको पनि उनीहरुको आरोप छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा