२६ फाल्गुन २०८२, मंगलबार । March 11, 2026

जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता रौतहट २०८१ सम्पन्न


२५ फाल्गुन २०८१, आइतबार  

36
Shares

रौतहट । रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा जिल्लास्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता २०८१ सफलतापूर्वक सम्पन्न भएको छ।

यो प्रतियोगिता अपाङ्गता भएका विद्यार्थीहरूको शारीरिक र मानसिक क्षमता वृद्धिको उद्देश्यले विभिन्न खेलकुद कार्यक्रमहरूको आयोजना गरिएको थियो। प्रतियोगिताको अध्यक्षता यमबहादुर खडिवालाले गरेका थिए, जबकि प्रमुख अतिथिको रुपमा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी उपस्थित थिइन।

कार्यक्रमको आयोजनामा छाया नेपालको आर्थिक सहयोग रहेको थियो र रौतहटमा यस प्रकारको प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो। प्रतियोगितामा रौतहट जिल्लाका चार विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। सहभागी विद्यालयहरूमा परोहा नगरपालिकाको छाया अपाङ्गता आवासीय विद्यालय, श्री आशा काशी बहिरा तथा सुस्त श्रवण आवासीय आधारभूत विद्यालय (राजदेवी नगरपालिका-४, बसतपुर), श्री आधारभूत विद्यालय बाल मन्दिर (गौर नगरपालिका-५), र जनज्योति नमुना माध्यमिक विद्यालय (चन्द्रनिगाहपुर) थिए।

यी विद्यालयका अपाङ्गता भएका विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा बयमिन्टन, दौड, चम्चा दौड, रिले रेस, म्युजिक चेयर, लौङ जम्प र घैटो रेस जस्ता खेलहरू सञ्चालन गरिएको थियो। छाया नेपालले अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक र मानसिक क्षमतामा वृद्धि ल्याउनका लागि यस्ता खेलहरू आयोजना गरेको हो।

प्रतियोगिता परिणामहरूः

महिला छात्रा (आधारभूत तर्फ):

प्रथमः समृधी चौधरी (जनज्योति)

दोस्रोः सहिना खातुन (बाल मन्दिर)

तृतीयः करिमा खातुन (राजदेवी)

महिला छात्रा (माध्यमिक तर्फ):

प्रथमः आरती यादव (राजदेवी)

दोस्रोः निरमाया यादव (जनज्योति)

पुरुष छात्र (आधारभूत तर्फ):

प्रथमः शेख सदरे आलम (बाल मन्दिर)

दोस्रोः अरमान हुसेन (राजदेवी)

तृतीयः रोहित साह (जनज्योति)

प्रथमः दिपक यादव (राजदेवी)

पुरुष छात्र (माध्यमिक तर्फ):

दोस्रोः राजिव ठाकुर (जनज्योति)

विशिष्ट अतिथिहरूः यस अवसरमा छाया नेपालका मधेस प्रदेश कन्सल्ट्यान्ट सजिना खडिवडा, प्रोग्राम हेड राम महर्जन, वरिष्ठ कार्यकारी सहायक प्रियंका ठाकुर, वडा अध्यक्ष बलिराम राउत लगायतका अन्य विशिष्ट अतिथिहरू उपस्थित थिए।

साथै, बागमती म।वि।का रणबहादुर कार्की, जिवराज नेपाल, छाया अपाङ्गता आवासीय विद्यालयका जान्की घिमिरे, रिन्कु कुमारी र अन्य विद्यालयका शिक्षक तथा शिक्षिकाहरू पनि कार्यक्रममा सहभागी थिए। यस प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमा भाग लिन प्रोत्साहित गर्दै उनीहरूको आत्मविश्वास र मानसिक स्वास्थ्यमा सुधार ल्याउने उद्देश्य पूरा गरेको छ।

आयोजक राजेश साहका अनुसार, यस प्रकारका प्रतियोगिताहरू अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा समान अवसर र सम्मान दिने महत्त्वपूर्ण भूमिका खेल्दछन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по