७ चैत्र २०८२, शनिबार । March 22, 2026

च्याम्पियन्स ट्रफीः अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा


२१ फाल्गुन २०८१, बुधबार  

33
Shares

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा अष्ट्रेलियालाई ४ विकेटले हराउँदै दुई पटकको उपाधि विजेता भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो । दुबई इन्टरनेशनल स्टेडियममा अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४८ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । भारतको लागि विराट कोहलीले ८४ रन बनाए ।

अष्ट्रेलियाका एडम जाम्पा र नथान एलिसले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा समेटिएको थियो । अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए ।

भारतका मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो