१ माघ २०८२, बुधबार । January 14, 2026

च्याम्पियन्स ट्रफीः अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा



काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा अष्ट्रेलियालाई ४ विकेटले हराउँदै दुई पटकको उपाधि विजेता भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो । दुबई इन्टरनेशनल स्टेडियममा अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४८ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । भारतको लागि विराट कोहलीले ८४ रन बनाए ।

अष्ट्रेलियाका एडम जाम्पा र नथान एलिसले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अष्ट्रेलिया ४९ ओभर ३ बलमा २ सय ६४ रनमा समेटिएको थियो । अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए ।

भारतका मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २–२ विकेट लिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले