१ माघ २०८२, बुधबार । January 14, 2026

केपी ओली कपः यी खेलाडीले पाउनेछन यामाहाको मोटरसाइकल ?



काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कार सँगै यामाहाको तर्फबाट बाइक पनि पाउने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसीका अनुसार यामाहाको तर्फबाट सलुटो १२५ सीसीको बाइक प्रदान गर्न लागिएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने यसअघि नै आयोजकले घोषणा गरिसकेको छ ।

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उक्त खेल दशरथ रंगशालामा साँझ ६ बजेबाट फाइनल सुरू हुनेछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनलअघि कुमा सागर, पुर्ण राईको प्रस्तुती रहनेछ । प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए ।

फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले