काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उत्साह देखिएको छ ।
आइतबार (आज) सेयर बजार परिसूचक (नेप्से) ७५ दशमलव २४ अंकले बढेर २ हजार ८ सय ९० दशमलव २८ को विन्दुमा पुगेको छ । आइतबार ३०२ कम्पनीका एक लाख ३९ हजार ५९६ पटकको कारोबारमा २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १४ अर्ब २५ करोड चार लाख ७५ हजार रुपैयाँ रहेको छ ।
१९६ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये म्युचुअल फन्डमा झिनो गिरावट आउँदा बाँकी हरियाली छन् । समूहगत रूपमा म्यानुफ्याक्चर, लाइफ इन्स्योरेन्स, होटल र फाइनान्स समूहमा ४ प्रतिशत माथिको वृद्धि देखियो ।
म्युचुअल फन्डमा गिरावट आउँदा अन्य सेक्टरमा पनि नेप्सेकै औसतमा वृद्धि भएको छ । हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र गर्डियन माइक्रो लाइफ इन्स्योरेन्समा १० प्रतिशतको वृद्धि देखिँदा एनआरआईसी र एचआरएलमा सबैभन्दा बढी कारोबार भएको छ ।
प्रतिक्रिया