२ बैशाख २०८२, मंगलबार । April 15, 2025

केपी ओली कप फुटबलः उपाधि भिडन्त भोली, मछिन्द्र र आर्मी भिड्ने



काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

खेल सोमबार साँझ ६ बजे दशरथ रंगशालमा हुनेछ । सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन् । फाइनल खेलमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन प्रमुख अतिथिको रुपमा उपस्थिति रहनेछ । प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए ।

फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  २ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओरालो लाग्यो सुन–चाँदीको भाउ, आज कति पर्छ त तोला ?

काठमाडौं । आइतबार ऐतिहासिक उचाइ छोएको सुनको मूल्य आज केही

सहकारी बन्द हुँदा बिवाह, उपचार र आपतकालीन खर्च संकटमा

रुपन्देही । छोरीको विवाहको अन्तिम तयारीमा जुटिरहेकी मादिका लोनिया अहिले

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय यातायात सुविधामा आएको सहजतासँगै मुस्ताङ जिल्ला

कक्षा १२ को परीक्षा बहिष्कार र शैक्षिक गतिविधि पनि बहिष्कार गर्ने

काठमाडौं । काठमाडौंमा जारी शैक्षिक आन्दोलन चर्किंदै जाँदा, आन्दोलनरत शिक्षकहरूले

नयाँ वर्षको सुरुवातसँगै माओवादीको तराई–मधेस जागरण अभियान पुनः सक्रिय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ वर्षको पहिलो दिनदेखि पूर्व–पश्चिम