२३ चैत्र २०८१, आइतबार । April 6, 2025

च्याम्पियन्स ट्रफीः अफगानिस्तानको सनसनीपूर्ण जीत, इंल्यान्ड ८ रनले पराजित



काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार राति भएको खेलमा अफगानिस्तानसँग पराजित भएसँगै इंल्यान्ड बाहिरिएको छ।

अफगानिस्तानसँग इंल्यान्ड ८ रनले पराजित भएको हो । इंल्यान्ड आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो। आजको जितले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कायमै भएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले अस्ट्रेलिया र इंल्यान्डले साउथ अफ्रिकासँग खेल्नेछ।

पाकिस्तानको लाहोरमा ३२६ रनको लक्ष्य पछ्याएको इंल्यान्ड ४९ दशमलव ५ ओभरमा ३१७ रनमा अलआउट भयो। जोए रूटले १२० रन बनाए पनि हार भने टार्न सकेनन्। इंल्यान्डलाई सस्तैमा समेट्न अजमतुल्लाह ओमरजाइले ५ विकेट लिए।

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ५ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’ अन्तर्राष्ट्रिय सम्मेलन सुरु, परराष्ट्रमन्त्री राणाले उद्घाटन गर्ने

काठमाडौँ। आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने

दाउन्ने क्षेत्रमा सवारी आवागमन रोक, सडक विस्तारमा तीव्रता

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तार कार्यलाई तीव्रता

नेपालको ऐतिहासिक सफलताः एरिका गुरुङको स्वर्ण र अस्ट्रेलियन ओपनमा पाँच पदक

एजेन्सी । नेपाली कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियन ओपन कराते

आज रामनवमी पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज चैत्र शुक्ल नवमीका दिन श्रद्धा र भक्तिपूर्वक

आईपीएलमा राजस्थानको दोस्रो जित, पञ्जाबलाई ५० रनले हराउँदै सातौं स्थानमा उक्लियो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा राजस्थान रोयल्सले