१ माघ २०८२, बुधबार । January 14, 2026

फाइनलमा फेरी चुक्यो नेपाल, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई



काठमाडौं । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा म्यानमारले नेपाललाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै नेपाललाई घरेलु मैदानमा स्तब्ध पारेको हो। यो हारसँगै नेपालले १३औं फाइनलमा पनि रजतमा सीमित भएको हो।

खेलको पहिलो हाफमा नेपालले पाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्नु परेको हो । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफमा फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेको म्यानमारले दुई गोल गर्‍यो । नेपालले तीन मिनेटभित्र दुई गोख खाएको थियो ।

६१ औँ र ६४ औँ मिनेटमा म्यानमारले गोल गरी उपाधि जितेको हो । लिग चरणमा दुई दुईको बराबरीमा रोकेको नेपाल उपाधि भिडन्तमा हार टार्न नसकेपछि उपविजेतामा सीमित भएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले