काठमाडौं । च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बी’ को अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।
मंगलबार रावलपिन्डी स्टेडियममा हुने तय भएको खेल टससमेत हुन नसकी रद्द भएको हो । अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल रद्द भएसँगै दुवै टिमले १(१ अङ्क बाँडेका छन्। समूह ‘बी’ को अंकतालिकामा दक्षिण अफ्रिका शीर्ष स्थानमा र अस्ट्रेलिया दोस्रो नम्बरमा रहेका छन्। दुवै टिमले आफ्नो पहिलो खेल जितेका थिए।
इंग्ल्यान्ड र अफगानिस्तान भने पहिलो जितको खोजीमा रहेका छन्। अस्ट्रेलियाले पहिलो खेलमा इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको थियो। उसले प्रतियोगिताकै प्रतिस्पर्धात्मक र च्याम्पियन्स ट्रफी इतिहासकै उच्च रन चेज गर्दै कीर्तिमानी जित निकाल्न सफल भएको थियो।
त्यसो त न्यूजिल्यान्डले पनि अफगानिस्तानलाई हराएर विजयी सुरुवात गर्न सफल भएको थियो। अब भोलि अफगानिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया