२९ चैत्र २०८१, शनिबार । April 13, 2025

च्याम्पियन्स ट्रफीः न्युजिल्याण्डले बंगलादेशलाई ५ विकेटले हरायो, भारत र न्युजिल्याण्ड सेमिफाइनलमा



काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज भएको खेलमा न्यूजील्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेको ।

बंगलादेशले दिएको २ सय ३७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट ग्माउदै लक्ष्य पुरा गरेको थियो । न्यूजील्याण्डको जितमा रचिन रविन्द्रले ११२ रनको शतकीय पारी खेलेका थिए भने टम लथामले ५५ रन बनाएका थिए । त्यस्तै डेभोन कोनवे ले ३० र ग्लेन फिलिपले अविजित २१ रन बनाएका थिए ।

यसअघि बंगलादेशले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २३५ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान नाजमुल हसन शान्तोले सर्बाधिक ७७ रन बनाएका थिए भने जाकर अलीले ४५, रिशाद होसैनले २६ र तान्जिद हसनले २४ रन बनाएका थिए ।

यो जितपछि समुह ए बाट न्यूजील्याण्ड २ खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ भने आफ्ना दुवै खेल जितेको भारत पनि सेमिफाइनलमा पुगेको छ ।

त्यस्तै समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १० : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिद्धबाबा मन्दिर नजिक पहिरोले कार च्याप्यो, यात्रु सकुशल

बुटवल । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको एक कार सिद्धार्थ राजमार्गमा

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक