काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमाबीचको खेल बराबरीमा सकिएको छ ।
पहिलो हाफमा नेपाल र म्यानमारले २र२ गोलको बराबरी गरेकामा त्यसपछि दुवै टोलीले अंक जोड्न सकेनन् । दशरथ रङ्गशालामा जारी खेलको छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमाले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् ।
लगत्तै खेललको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् । यसैगरी खेलको १७औँ मिनेटमा म्यानमाले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमाका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिममा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् ।
उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् ।
प्रतिक्रिया