१ आश्विन २०८३, बिहिबार । September 18, 2026

च्याम्पियन्स ट्रफीः इङ्गल्याण्डविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित


११ फाल्गुन २०८१, आइतबार  

96
Shares

काठमाडौं । पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफीको चौथो खेलमा अष्ट्रेलियाले इङ्गल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ ।

जोश इङ्गलिसको अविजित शतकको मद्दतले अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको हो । इङ्ग्ल्याण्डले अष्ट्रेलियालाई जितका लागि ३ सय ५२ रनको लक्ष्य दिएको थियो । तर अस्ट्रेलियाले १५ बल बाँकी रहँदा निकै रोमाञ्चक खेलमा यो लक्ष्य हासिल गर्‍यो ।

अष्ट्रेलियाली टोलीले टस जितेर इङ्ग्ल्याण्डलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो। इङ्ग्ल्याण्डको सुरुवात राम्रो भएन, उनीहरूले ६ ओभर भित्र दुई विकेट गुमाए । तर बेन डकेटको १६५ र जो रुटको ६८ रनले इङ्ल्यान्डलाई ३५१ को स्कोरमा पुर्‍याउन मद्दत गर्‍यो । अस्ट्रेलियाका लागि बेन द्वारशिवले तीन विकेट लिए ।

यो लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले पनि २७ रनमा दुई विकेट गुमायो । यद्यपि, सर्टले ६३ र लाबुस्चेनले ४७ रन बनाएर अस्ट्रेलियालाई खेलमा फर्काए । यसपछि, इङ्गलिसले केरीसँगै जिम्मेवारी सम्हाले। केरीले ६९ रन बनाए । इङ्गलिसले ८६ बलमा १२० रन बनाएर अविजित रहे र टोलीलाई जित दिलाए ।

म्याक्सवेल पनि १५ बलमा ३२ रनमा अविजित रहे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ