४ असार २०८३, बिहिबार । June 18, 2026

च्याम्पियन्स ट्रफीः आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्ड ६० रनले विजयी


८ फाल्गुन २०८१, बिहिबार  

6
Shares

एजेन्सी । बुधबारबाट सुरु भएको आईसीसी च्याम्पियन्स ट्रफीमा आयोजक राष्ट्र पाकिस्तानले खराब सुरुवात गरेको छ ।

पाकिस्तानलाई ६० रनले हराउँदै न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरूआत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३२० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४७ ओभर २ बलमा सबै विकेट गुमाएर २६० रन मात्र बनाउन सक्यो।

न्युजिल्यान्डलाई जित दिलाउन टम लेथम र विल यङले महत्त्वपूर्ण शतकीय पारी खेले। लेथमले ११८ रन तथा यङले १०७ रन बनाए। यस्तै ग्लेन फिलिप्सले ६१ रनको पारी खेले। बलिङतर्फ पाकिस्तानका नसीम साह र ह्यारिस रउफले २–२ विकेट लिए भने अब्रार अहमदले १ विकेट लिए।

पाकिस्तानका लागि खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए। बाबर आजमले ६४ रनको पारी खेल्दा सलमान अली आघाले ४२ रनको पारी खेले। फखर जमानले २४, ह्यारिस रउफले १९, शाहीनशाह अफ्रिदीले १४ तथा नसीम शाहले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जितसँगै न्युजिल्यान्ड २ अंक सहित समूह ‘ए’ को शीर्ष स्थानमा छ। यो समूहमा भारत र बंग्लादेश पनि छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा