१ माघ २०८२, बुधबार । January 14, 2026

च्याम्पियन्स ट्रफीः आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्ड ६० रनले विजयी



एजेन्सी । बुधबारबाट सुरु भएको आईसीसी च्याम्पियन्स ट्रफीमा आयोजक राष्ट्र पाकिस्तानले खराब सुरुवात गरेको छ ।

पाकिस्तानलाई ६० रनले हराउँदै न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरूआत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३२० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४७ ओभर २ बलमा सबै विकेट गुमाएर २६० रन मात्र बनाउन सक्यो।

न्युजिल्यान्डलाई जित दिलाउन टम लेथम र विल यङले महत्त्वपूर्ण शतकीय पारी खेले। लेथमले ११८ रन तथा यङले १०७ रन बनाए। यस्तै ग्लेन फिलिप्सले ६१ रनको पारी खेले। बलिङतर्फ पाकिस्तानका नसीम साह र ह्यारिस रउफले २–२ विकेट लिए भने अब्रार अहमदले १ विकेट लिए।

पाकिस्तानका लागि खुशदिल शाहले सर्वाधिक ६९ रन बनाए। बाबर आजमले ६४ रनको पारी खेल्दा सलमान अली आघाले ४२ रनको पारी खेले। फखर जमानले २४, ह्यारिस रउफले १९, शाहीनशाह अफ्रिदीले १४ तथा नसीम शाहले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जितसँगै न्युजिल्यान्ड २ अंक सहित समूह ‘ए’ को शीर्ष स्थानमा छ। यो समूहमा भारत र बंग्लादेश पनि छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले