७ चैत्र २०८१, शुक्रबार । March 22, 2025

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ



बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा नेपाल एटिमी क्याकुसिन करातेको १४ जना खेलाडीलाई युवा नेता दुबेले बिदाइ गरेका छन ।

फेटा गाउपालिका वडा नम्बर ७ निवासी युवा नेता उमेश दुबेले संघीय राजधानी काठमान्डौमा हुने अन्तरास्ट्रिय खेलका लागि १४ जना खेलाडीलाई बिदाइ गरेका हुन । संघीय राजधानी काठमान्डौमा शनिवारदेखी हुन लागेको अन्तरास्ट्रिय खेलमा भाग लिन जाने खेलाडीलाई टिक्का लगाइ आर्थिक सहयोगले युवा नेता दुबेले बिदाइ गरेको स्थानीय दिपक दासले जानकारी दिए ।

उनले फेटा गाउपालिका भित्र रहेका खेलाडीहरूलाइ सुरू देखि नै सम्मान गर्दै आएका युवा नेता उमेश दुबेले नेपाल एटिमी क्याकुसिन कराते भलुही शाखालाइ १० हजार नगद सहित १४ जना खेलाडीलाई टीका लगाइ बिदाइ गरेको जानकारी दिए । बिदाइ कार्यक्रममा बोल्दै युवा नेता उमेश दुबेले खेलाडीहरू मुलूककै शानको रूपमा रहेको र त्यो शानलाइ स्थानीय सरकारले बुझन नसकेको दुख प्रकट गरे ।

उनले खेलाडीलाई निराश नभइ आत्मबलका साथ अगाडी बढन सुझाव दिएका थिए । अन्तरास्ट्रिय खेलमा सहभागी मात्र नभइ जितेर आउन खेलाडीहरूलाइ युवा नेता दुबेले सुझाएका थिए ।

कार्यक्रममा स्थानीय मोहन दास, प्रेम साह, दिपक दास, जितेन्द्र दास, बिक्की कुश्वाहा, राजेश कुश्वाहा, शेसनाथ यादव लगायत ३५ जना युवाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यू होराइजनको सामाजिक योगदान: एन्फा एकेडेमीमा शौचालय निर्माण

बुटवल । देविनगरस्थित एन्फा एकेडेमी परिसरमा २५ लाख लागतमा सुविधासम्पन्न

सिंगापुरलाई १-० हराउँदै नेपालको ऐतिहासिक जीत

काठमाडौं। नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत हासिल

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन

प्रहरीकै अगाडि खुल्ला तस्करी, नियन्त्रणमा गम्भीर संकट !

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा १३ स्थित कालिदह

०८४ सम्म प्रधानमन्त्री बन्ने छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४