काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपालले लगातार पाँचौ हारको सामना गरेको छ ।
आफ्नो पाँचौँ खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले दुई बल बाँकी छँदा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४५ रन जोडेको थियो ।
नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । करियरको दोस्रो अर्धशतक पूजाले ४३ बलमा पूरा गरिन् । रुबिना क्षेत्री १७ बलमा २० रन बनाउँदै आउट हुँदा कविता जोशी ७ रनमा नट आउट रहिन् । पुजा यस सिरिजमा अर्धशतक बनाउँने पहिलो नेपाली ब्याटर हुन् ।
५ खेलमा ६ अंकका साथ नेदरल्याण्ड्स तालिकाको दोस्रो स्थानमा छ । ५ खेलमा अंकबिहिन नेपाल तालिकाको पुछारमा छ ।
प्रतिक्रिया