३ आश्विन २०८३, शनिबार । September 19, 2026

आजको मौसमः बढ्यो काठमाडौंको तापक्रम, यी प्रदेशमा हिमपातको सम्भावना


२३ माघ २०८१, बुधबार  

234
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जसका कारणले गर्दा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भागमा हुस्सु लागेको छ। दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार काठमाडौं उपत्यकामा आंशिक बदली हुनेछ।

त्यसैगरी राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबार न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ७ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ