२७ माघ २०८१, आइतबार । February 9, 2025

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै



काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व वसन्त श्रवण गरेर मनाइँदै छ ।

यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७स् ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । यस्तै आज विद्याकी देवी सरस्वतीको पूजा आराधना समेत गर्ने गरिन्छ ।

त्यसैले आजको दिनलाई सरस्वती पूजा समेत भन्ने गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना, २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको