२७ माघ २०८१, आइतबार । February 10, 2025

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई



काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईको कार्यकाल नथप्ने यसअघि नै घोषणा गरिसकेको थियो । सोहि आधारमा क्यानले आज विज्ञप्ति जारी गर्दै देसाईलाई धन्यवाद सहित विदा गरेको छ । क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मोन्टीले ल्याएको ह्याप्पी ड्रेसिङ र नेपाली क्रिकेटले प्राप्त गरेको सफलताका लागि उनलाई धन्यावाद ज्ञापन गरेको छ ।

भारतीय मूलका मोन्टी देसाई विं.सं.२०७९ माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । देसाईको प्रशिक्षणमा नेपालले एकदिवसीय हैसियत जोगाउनेदेखि एशिया कपमा भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने मौका पाएको थियो । यस्तै नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेट समेत खेलेको थियो ।

मोन्टिको विदाईसँगै क्यानले नयाँ प्रशिक्षकको खोजि समेत गरिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दोहोरो अंकले घट्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

बडिमालिकाको धार्मिक तथा पर्यटकीय महत्व समेटेको अनुसन्धानात्मक वृत्तचित्र सार्वजनीक

काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक तथा

नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभानमा बस दुर्घटना, २३ जना घाइते

चितवन । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु प्र ०३–००१ ख

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको