१९ फाल्गुन २०८१, सोमबार । March 4, 2025

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई



काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको दुई वर्षे कार्यकाल सकिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले देसाईको कार्यकाल नथप्ने यसअघि नै घोषणा गरिसकेको थियो । सोहि आधारमा क्यानले आज विज्ञप्ति जारी गर्दै देसाईलाई धन्यवाद सहित विदा गरेको छ । क्यानले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मोन्टीले ल्याएको ह्याप्पी ड्रेसिङ र नेपाली क्रिकेटले प्राप्त गरेको सफलताका लागि उनलाई धन्यावाद ज्ञापन गरेको छ ।

भारतीय मूलका मोन्टी देसाई विं.सं.२०७९ माघमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । देसाईको प्रशिक्षणमा नेपालले एकदिवसीय हैसियत जोगाउनेदेखि एशिया कपमा भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्ने मौका पाएको थियो । यस्तै नेपालले १० वर्षपछि आईसीसी टी–२० विश्वकप क्रिकेट समेत खेलेको थियो ।

मोन्टिको विदाईसँगै क्यानले नयाँ प्रशिक्षकको खोजि समेत गरिरहेको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आजपनि सुनचाँदीको मूल्य स्थिर, तोलामा कति छ ?

काठमाडौं । नेपाली बजारमा सोमबार (आज) पनि सुनचाँदीको मूल्य स्थिर

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका

२ किलो ५ सय ग्राम लागूऔषध अफिम सहित एक जना पक्राउ

बारा । बारा प्रहरीले २ किलो ५०० ग्राम लागूऔषध अफिम