८ बैशाख २०८३, मंगलबार । April 21, 2026

यू-१९ महिला विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा


१४ माघ २०८१, सोमबार  

1.1k
Shares

एजेन्सी । मलेसियामा जारी यू-१९ महिला विश्वकपको सुपर सिक्स अन्तर्गतको दोस्रो खेलमा बंगलादेशलाई ८ विकेटले हराउँदै भारतले सेमिफाइनलको यात्रा तय गरेको छ ।

जितका लागि बंगलादेशले दिएको ६५ रनको लक्ष्य भारतले ७ दशमलव १ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो । भारतको जितमा गोङ्दी त्रिशाले बिस्फोटक ब्याटिङ गर्दै रन बनाइन् । बलको सामना गरेकी उनले ५ चौका हिर्काइन् । सानिका चाल्केले ११ रन जोडिन् ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगालादेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ६४ रन मात्र बनाएको थियो । बंगालादेशकालागि सुमैया अख्तरले अविजित रहँदै सर्वाधिक २१ रनको योगदान गरिन्। जन्नतुल मौआले १४ रन बनाइन् ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ भारतकी वैष्णवी शर्माले सर्वाधिक तीन विकेट लिइन् । सुपर सिक्स अन्तर्गत आजका लागि तय भएको श्रींलका र स्कटल्याण्डबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको छ ।

वर्षा बाधक बन्दा टस समेत हुन नसकेको खेलमा दुवैै टोलीले १–१ अंक बाँडेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित