२८ पुस २०८२, सोमबार । January 12, 2026

यू-१९ महिला विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा



एजेन्सी । मलेसियामा जारी यू-१९ महिला विश्वकपको सुपर सिक्स अन्तर्गतको दोस्रो खेलमा बंगलादेशलाई ८ विकेटले हराउँदै भारतले सेमिफाइनलको यात्रा तय गरेको छ ।

जितका लागि बंगलादेशले दिएको ६५ रनको लक्ष्य भारतले ७ दशमलव १ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टायो । भारतको जितमा गोङ्दी त्रिशाले बिस्फोटक ब्याटिङ गर्दै रन बनाइन् । बलको सामना गरेकी उनले ५ चौका हिर्काइन् । सानिका चाल्केले ११ रन जोडिन् ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङमा तानिएको बंगालादेशले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ६४ रन मात्र बनाएको थियो । बंगालादेशकालागि सुमैया अख्तरले अविजित रहँदै सर्वाधिक २१ रनको योगदान गरिन्। जन्नतुल मौआले १४ रन बनाइन् ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ भारतकी वैष्णवी शर्माले सर्वाधिक तीन विकेट लिइन् । सुपर सिक्स अन्तर्गत आजका लागि तय भएको श्रींलका र स्कटल्याण्डबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको छ ।

वर्षा बाधक बन्दा टस समेत हुन नसकेको खेलमा दुवैै टोलीले १–१ अंक बाँडेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले