२८ पुस २०८२, सोमबार । January 12, 2026

त्रिदेशीय टी–२० शृङ्खलाका लागि नेपालको महिला टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिदेशीय टी–२० शृङ्खलाका लागि राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । कीर्तिपुरको त्रिवि मैदानमा यही माघ १७ गते आउने बिहिवारदेखि २५ गतेसम्म नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच त्रिदेशीय शृङ्खला हुँदै छ । नेपाली टोलीमा हालै मलेसियामा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप खेलेर फर्किएको टोलीकी कप्तान पूजा महतोसहित अलिसाकुमारी यादव र प्रधानमन्त्री कपमा सहभागी सुदूरपश्चिमका रेवती धामी, इश्वरी विष्ट र मनिषा उपाध्यायलाई पनि समावेश गरिएको छ ।

सबै टोलीले आपसमा २,२ पटक प्रतिस्पर्धा गर्नेछन् । नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्नेछ । माघ १८ गते नेदरल्यान्ड्स र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले माघ १९ गते थाइल्यान्डसँग खेल्नेछ भने माघ २० गते नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुनेछ । माघ २१ गते थाइल्यान्ड र नेदरल्यान्ड्स, माघ २२ गते थाइल्यान्ड र नेपाल, माघ २३ गते नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछन् ।

माघ २४ गते नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् भने माघ २५ गते नेपाल र थाइल्यान्डबीच खेल हुनेछ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले