२८ पुस २०८२, सोमबार । January 12, 2026

इङ्ल्यान्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा पनि भारत विजयी



काठमाडौं । भारतले इङ्ग्ल्यान्डलाई दोस्रो टी–२० क्रिकेटमा पनि पराजित गरेको छ ।

शनिबार साँझ चेन्नाईमा भएको खेलमा घरेलु टोली भारतले इङ्ग्ल्यान्डलाई २ विकेटले पराजित गरेको हो । भारतको जितमा तिलक वर्मा नायकले ७२ रनको शानदार अविजित इनिङ खेले । टस हारेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

इङ्ग्ल्यान्डका लागि कप्तान जोस बटलरले सर्वाधिक रन बनाए । उनले ४५ रनको इनिङ खेले । यस्तै ब्रेडेन कार्सले ३१ रन बनाए । भारतका लागि अक्षर पटेल र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको भारतले १९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर १ सय ६६ रन बनाउँदै लक्ष्य भेट्टायो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले