काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा सान्त्वना जित निकालेको छ ।
शुक्रबार प्लेअफमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा सान्त्वना जित निकालेको हो । शुक्रबार जोहोर क्रिकेट एकेडेमी ओभलमा भएको मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका कप्तान पूजा महतो २३ र सिमाना केसी ४ रनमा अविजित रहे ।
यस्तै, सावित्री धामीले ३ र सना प्रधानले १ रन जोडे । मलेसियाका लागि मार्स्याले ३ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ४५ रन जोडेको थियो ।
प्रतिक्रिया