२८ पुस २०८२, सोमबार । January 12, 2026

पीएम कप महिला क्रिकेटः एपीएफसँग बागमती १० विकेटले पराजित



काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत सुपर ४ को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

बिहीबार भएको सुपर ४ को खेलमा एपीएफले बागमती प्रदेशलाई १० विकेटको पराकिलो अन्तरले पराजित गरेको हो । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा बिना क्षति पूरा गर्यो । उसको जितमा ममता चौधरीले २३ र राजमती ऐरीले १४ रन बनाए ।

यसअघि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन बनाएको थियो । बागमतीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । बागमतीलाई कम स्कोरमा रोक्न सुमन बिष्टले ३, बिन्दु बुढा र रेखा रावलले समान २ तथा कविता जोशीले एक विकेट लिए ।

समूह ए को विजेता बन्दै एपीएफ र उपविजेता बन्दै सुदूरपश्चिम प्रदेश तथा समूह बीको विजेता बन्दै त्रिभुवन आर्मी क्लब र उपविजेता बन्दै बागमती प्रदेश प्रतियोगिताको सुपर फोरमा पुगेका हुन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले