२८ पुस २०८२, सोमबार । January 12, 2026

जितविहीन नेपाल, विश्वकपको समूह चरणबाटै बाहिरियो



काठमाडौं। नेपाल आइसिसी यु–१९ विश्वकपबाट बाहिरिएको छ ।

बुधबार भएको समूह डी को अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनायो । नेपालको तर्फबाट कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन् ।

कप्तान महतो बाहेक कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । अस्ट्रेलियाका हसरत गिल, जुलिएट मोर्टन र लिली बासिङ्थवेइटले समान दुई विकेट लिएका थिए भने क्लो आइन्सवर्थले एक विकेट लिएकी थिइन् । समूहबाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै सुपर सिक्समा पुगेको छ । अस्ट्रेलियाले तीन खेलबाट ६ अंक जोड्यो ।

यस्तै, बंगलादेश र स्कटल्यान्डले पनि सुपर सिक्समा स्थान बनाएका छन्।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ४ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले