२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

पीएम कप महिला क्रिकेटः कोशीलाई ७ विकेटले पराजित गर्दै बागमती सुपार ४ मा प्रवेश



काठमाडौं । जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा बागमती प्रदेश सुपर ४ मा प्रवेश गरेको छ ।

मंगलबार समूह बी को खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै बागमतीले कोशी प्रदेशलाई नेट रनरेटमा उछिन्दै सुपर ४ मा आफ्नो स्थान पक्का गरेको हो । मधेशले दिएको ४१ रनको लक्ष्य बागमतीले ६ दशमलव ४ ओभरमा पूरा गर्‍यो । यशु पाण्डेले १९ रन बनाइन् भने कप्तान कञ्चन श्रेष्ठले ९ रन बनाउँदा विपिशा शाही विजयी चौकासहित ८ रनमा अविजित रहिन् ।

बागमतीले ८ दशमलव २ ओभरभित्र लक्ष्य पूरा गरेमा दोस्रो स्थानको कोशी प्रदेशलाई उछिन्ने समीकरण थियो । सोही अनुरूप बागमतीले खेल जित्यो । मधेशका लागि रोजी कडारीले २ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले १५ दशमलव ५ ओभरमा अलआउट हुँदै ४० रन बनाएको थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको