२८ पुस २०८२, सोमबार । January 12, 2026

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ ।

आज ५ दशमलव ०८ अंकले बढेको नेप्से २ हजार ६ सय १३ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो । १०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो ।

यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ । जीवन बीमा १ दशमलव १० र निर्जीवन बीमा १ दशमलव ७८ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै २ दशमलव १० प्रतिशत घट्यो । हाइड्रोपावर ० दशमलव ९२, फाइनान्स १ दशमलव ०३, बैंकिङ ० दशमलव ३५ प्रतिशत घटे । रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ८ दशमलव ९ प्रतिशत घट्यो ।

मानुषी लघुवित्तको ६ दशमलव ७, तथा जानाकी फाइनान्सको ५ दशमलव ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सीएचडीसी, सप्तकोशी, नेपाल पुनर्बीमा, सुपरमादी तथा माथिल्लो मैलुङ क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले