८ चैत्र २०८२, आइतबार । March 23, 2026

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


८ माघ २०८१, मंगलबार  

60
Shares

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ ।

आज ५ दशमलव ०८ अंकले बढेको नेप्से २ हजार ६ सय १३ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो । १०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो ।

यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ । जीवन बीमा १ दशमलव १० र निर्जीवन बीमा १ दशमलव ७८ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै २ दशमलव १० प्रतिशत घट्यो । हाइड्रोपावर ० दशमलव ९२, फाइनान्स १ दशमलव ०३, बैंकिङ ० दशमलव ३५ प्रतिशत घटे । रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ८ दशमलव ९ प्रतिशत घट्यो ।

मानुषी लघुवित्तको ६ दशमलव ७, तथा जानाकी फाइनान्सको ५ दशमलव ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सीएचडीसी, सप्तकोशी, नेपाल पुनर्बीमा, सुपरमादी तथा माथिल्लो मैलुङ क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो