९ कार्तिक २०८३, सोमबार । October 26, 2026

अमेरिकामा आजदेखि बन्द भयो टिकटक


६ माघ २०८१, आइतबार  

27
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकामामा आजबाट सामाजिक सञ्जाल टिकटक चल्न छाडेको छ ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार आफ्नो आदेशमा चिनियाँ भिडिओ शेयरिङ एप टिकटक आइतबारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानूनलाई मान्यता दिएको थियो । तर, टिकटकले अमेरिकी प्रतिबन्ध लाग्नुअघि नै अमेरिकामा आफ्नो सेवा बन्द गरेको हो ।

अमेरिकी राष्ट्रपतिको पद डोनाल्ड ट्रम्पले सम्हालेपछि टिकटक बन्द गर्ने तयारीमा थिए । ट्रम्पले सोमबार शपथ लिँदैछन् । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता रहेको बताइएको छ । यसअघि नै अमेरिकी संसद्ले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा संसद्कै निर्णय सदर भएको छ ।

टिकटकले व्यक्तिगत गोपनियताको हनन् गरेको तथा अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै बन्द गराउने निर्णय भएको थियो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १० : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा